काठमाडौँ- प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीको सरकारले गत ४६ महिनामा सबै खालको विज्ञापनहरूमा ४३ अर्ब ४३ करोड २६ लाख भारु खर्च गरेको पाइएको छ ।
यो जानकारी आरटीआई कार्यकर्ता अनिल गलगलीलाई केन्द्र सरकारको ब्युरो अफ आउटरिच एन्ड कम्युनिकेसन विभागले दिएको जवाफमा उल्लेख छ ।
अनिल गलगलीले प्रधानमन्त्री कार्यालयसँग सरकार गठन भएदेखि ३१ मार्च २०१८ सम्म विभिन्न विज्ञापनहरूमाथि भएको खर्चको जानकारी मागेका थिए ।
जवाफमा ब्युरो अफ आउटरिच एन्ड कम्युनिकेसन विभागका वित्त सल्लाहकार तपन सूत्रधरले १ जुन २०१४ देखि ३१ जनवरी २०१८ बीच सरकारद्वारा विभिन्न सञ्चार माध्यमहरूमा गरेको विज्ञापनहरूको जानकारी गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया