नेपाली सेनाले भर्ती खोल्यो, २३११ जना माग (दरखास्त अाव्हानको सूचनासहित)

काठमाडाैं :  नेपाली सेनाले एकैसाथ विभिन्न तहमा २३११ जनशक्तिका लागि भर्ती खोलेको छ । सेनाअन्तर्गतको भर्ना छनोट निर्देशनालयले मंगलबार दरखास्त अाब्हानको सूचना निकालेको छ । 

प्राविधिक सुवेदार, लेखा कर्मचारी, अमलदार कर्मचारी, सैन्य, सैन्य सवारीचालक, सैन्य वाद्यवादक र फलोवर्स पदका लागि सेनाले भर्ना अाब्हान गरेको हो । 

योग्य र र्इच्छुक उम्मेदवारले मंगलबारदेखि जेठ ३० गतेसम्म दरखास्त दिन पाउनेछन् । साथै, दोब्बर दस्तुर तिरेर असार ७ गतेसम्म भर्नाका लागि अावेदन दिन सकिने नेपाली सेनाले जनाएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?