ओली–मोदीले सुरु गरेको बसको दोस्रो ट्रिप कहिले ?

जनकपुर -नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुरमा हरियो झन्डा देखाएका दुई बस भारतको अयोध्या पुगेर फर्किएका छन् । तर, त्यसपछि भने जनकपुरबाट अयोध्याका लागि बस गुडेका छैनन् । नियमित बससेवा सञ्चालन हुन अझै दुई महिना लाग्ने प्रदेश २ सरकारले जनाएको छ, आजको नयाँ पत्रिकाले खबर छापेको छ ।

नेपाल र भारतको धार्मिक तथा पौराणिक सम्बन्धलाई थप प्रगाढ बनाउन जनकपुरधाम–अयोध्या मैत्री बस सञ्चालन गर्न लागिएको बताउँदै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भने, ‘दुई महिनाभित्रै नियमित बस सेवा सञ्चालन गर्छौं ।’ यसका लागि प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?