काठमाडौँ – कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पछिल्लो ६ महिनामा देशभरका मालपोत तथा नापी कार्यालयमा भएका कित्ताकाटको विवरण मगाएको छ ।
मालपोत तथा नापी कार्यालयमा भइरहेका भ्रष्टाचार, अनियमिततामा कर्मचारी मुछिएका घटना बारम्बार सार्वजनिक हुन थालेपछि मन्त्रालयले चासो देखाउँदै यस्तो निर्देशन दिएको हो ।
लामो समयदेखि बदनामी हुँदै आएकोप्रति विभागीयमन्त्री चक्रपाणि खनालले चासो देखाएपछि सचिव गोपीनाथ मैनालीले देशभरका सबै नापी, मालपोत र भूमिसुधार कार्यालयलाई उनीहरूका विभागमार्फत निर्देशन दिएका हुन्, कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया