भक्तपुर-मस्तिष्काघातका कारण निधन भएका भक्तपुर निर्वाचन क्षेत्र नं १ (क) प्रदेशसभा सदस्य एवं नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीका सचिव ५१ वर्षीय हरिशरण लामिछानेको आज साँझ अन्त्येष्टि गरिएको छ ।
पशुपति आर्यघाटमा लामिछानेको पार्थिव शरीरमा पूर्वप्रधानमन्त्री एवं (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको झण्डा ओढाउनुभयो भने अर्का पूर्वप्रधानमन्त्री एवं नेता माधवकुमार नेपालले राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जलि अर्पण गर्नुभयो । रक्षामन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, एमाले पार्टी सचिव योगेश भट्टराई, भीम आचार्य, पोलिटव्यूरो सदस्य राजेन्द्रप्रसाद पाण्डेलगायत नेताले पनि पशुपति पुगेर लामिछानेप्रति श्रद्धाञ्जलि अर्पण गरे ।
त्यसैगरी प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, उपसभामुख राधिका तामाङ, प्रदेशमन्त्री शालिकराम जम्मकट्टेल, प्रदेश नं १ का मन्त्री हिक्मत कार्की, नेकपा (माओवादी केन्द्र)सचिवालय सदस्य दिलीप प्रजापति, राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहलगायतले लामिछानेप्रति श्रद्धाञ्जलि अर्पण गरे ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया