दुई हुण्डी व्यावसायी सुन तस्करीमा मुछिए

काठमाडौं । सुन तस्करीको अनुसन्धान गर्ने समितिले दुई जना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंबाट झापाका सिद्धीकाली मनी ट्रान्सफरका सञ्चालक विनोद अधिकारी र दोलखाका मुक्तिराम श्रेष्ठलाई पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो हुँदै लामो समयदेखि सुन तस्कर हुँदै आएको तथ्य खुलेपछि सुन तस्करीको जालो पत्ता लगाउन विशेष समिति बनेको छ । सोही विशेष समितिको निर्देशनमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

अवैधानिक मानिएको हुण्डी विश्वसनीय नभएपनि विदेशमा भएका नेपालीले यसको प्रयोग गर्ने गरेका छन् । विदेशमा भएका नेपाली कामदारको रकम हुण्डी व्यावसायीले उतै संग्लग्न गर्ने र नेपालका आफन्तले सो बराबर सुन किन्ने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?