बालाजुबाट समातिए लागूऔषध कारोबारी

काठमाडौं । महानगरीय प्रहरी वृत्त बालाजुबाट प्रनानि शेर बहादुर बस्नेत नेतृत्वको टोलीले बालाजु  माछापोखरी स्थित नेपाल गुणस्तर तथा नापतौल कार्यालय अगाडीबाट अवैध लागूऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ । 

इतबार  झापा सुरुङ्गा  नगरपालिका ६ घर भई हाल नयाँबसपार्क २९ वर्षीय  बहादुर सार्की र रुद्र बहादुर सार्कीलाई अबैध लागू औषध खैरो हिरोईन  ,  नगद ७०,००० र  बिभिन्न कम्पनीका मोवाईल थान–४, सहित नियन्त्रणमा लिएको हो । 

प्रहरीले उनीहरुको साथबाट भारतिय तथा मलेसियन कम्पनीका सिम थान–२, एटिएम कार्ड थान–२, तौल गर्ने हाते मेशिन थान–१ सहित नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको  जनाइएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?