काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले प्रदेशसभा सांसद हरीशरण लामिछानेको स्वास्थ्यलाभको कामना गरेका छन् ।
भक्तपुर क्षेत्र २ प्रदेश ‘ख’ का सांसद लामिछाने राजधानीको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचाररत छन् । हिजो दिउँसो एक्कासी लामिछानेको रक्तचाप बढेपछि अस्पताल भर्ना गरिएको थियो । लामिछानेलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।
प्रधानमन्त्री ओली आज बिहान अस्पताल पुगेर लामिछानेको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिएका छन् । सांसद लामिछानेको स्वास्थ्यलाभको कामना गर्न उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन पनि प्रधानमन्त्रीसँग अस्पताल पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया