कास्की । सरकारको सुरक्षाको समग्र जिम्मेवारी सम्हालेका मन्त्रीले नै देश तस्कर र माफियाले चलाएको बताएका छन् ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आफैंले देश माफिया, ठेकेदार र तस्करको हातमा रहेको बताएका हुन् ।
पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, –देशको अर्थतन्त्र ठेकेदारको हातमा छ जसले अर्बौंको राजश्व छलि गरेका छन्, । ‘देश तस्करको हातमा छ जसले तस्करी गरिरहेका छन् ।’
देशमा मुठीभरको वर्चश्व रहेको भन्दै उनले आर्थिक समृद्धिको बाधक त्यही भएको बताए ।
विकासको अर्को वाधक लागूपदार्थ रहेको भन्दै उखनले लागू पदार्थको करोबारले देशका कर्णधारहरुको भविष्य दलदलमा फस्दै गएको समेत बताए ।
लागू औषध, भ्रष्टाचार, एकाधिकार, गुन्डागर्दी, राजनीतिक आवरणमा उच्छृंखल क्रियाकलाप गर्ने समूह अहिलेको मुख्य चुनौति रहेको प्रदेश ४ को सुरक्षा गोष्ठीमा छलफल भएको थापाले बताए
यस्तै थापाले स्थायी सरकार र देश समृद्धिको बाटोमा हिँडिरहेका बेला हिंसा भड्काउने कसैलाई पनि नछोड्न समेत सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया