रेग्मीलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

लोकपथ
21
Shares
तस्वीर गूगल

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यही कात्तिक २० गते शनिबार भएको घटनालाई लिएर नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी विवादमा तानिएका छन् ।

बेलायतमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्ट (डब्लुटीएम) मा सहभागी भई नेपाल फर्कने क्रममा विमानस्थलको आगमन कक्षमा शनिबार बिहान कार्यकारी प्रमुख रेग्मी र विमानस्थल भन्सार कर्मचारीबीच विवाद भएको थियो । कार्यकारी प्रमुखले कर्मचारीमाथि हातपात गरेको भनी समाचार आएपछि उक्त घटना सामाजिक सञ्जालमा छाएको थियो । सोही विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले डा रेग्मीलाई आज मन्त्रालयमा बोलाएर विमानस्थलमा भएको घटनाबारे जानकारी लिएको छ ।

मन्त्रालयले रेग्मीसँग लिखित स्पष्टीकरण माग गरेको स्रोतले जनाएको छ । यता बोर्डले विज्ञप्ति निकालेर सामान्य कुरालाई लिएर केही सञ्चार माध्यममा आएको समाचारप्रति नेपाल पर्यटन बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बोर्डका कार्यकारी प्रमुख डा रेग्मी आगमन कक्षमा रहेको भन्सार जाँच गर्ने ठाउँमा आएको समयमा भन्सार जाँच पासमा खटिएका कर्मचारीको व्यवहार र ढिलासुस्तीको विषय उठाउँदा त्यसलाई अतिरञ्जित गरिएको दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?