१. बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाए विश्वासको मत, पक्षमा ५९, विपक्षमा ४३ र तटस्थमा २ मत प्राप्त
२. सर्वोच्च अदालतले संसद् विघटन बदर गर्ने फैसला सेटिङमा गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप, परमादेश संविधानविपरीत भएको जिकिर ।
३. कानुन व्यवसायीद्वारा आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी
४. देउवा र पौडेलेको नेतृत्वले पार्टी चल्न नसक्ने कांग्रेस नेता प्रकाशमान सिंहको भनाइ, नेतृत्व परिवर्तनका लागि मिसन र भिजनका साथ आफू प्रस्तुत भएको दाबी
५. भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्राथमिकता दिने मुख्यमन्त्री पाण्डेको प्रतिवद्धता, असम्भव योजनामा हात हालेर समय बर्बाद नपार्ने दाबी
६. न्यायाधीशहरु प्रधानन्यायाधीशसँगको संयुक्त इजलासमा नबस्ने, बन्दी प्रत्यक्षीकरण बाहेकको मुद्दा नहेर्ने निष्कर्ष
७. रसुवामा पनि टुंगियो कांग्रेसको क्रियाशील सदस्यता विवाद, केही दिनमा देशभरकै विवाद समाधान गर्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलको भनाइ
८. संविधान संशोधन नभए जनताले अर्को संविधान बनाउने जसपा अध्यक्ष उपेन्द्र यावदको चेतावनी, कांग्रेस र कम्युनिष्ट मिलेर बनाएको संविधान त्रुटिपूर्ण भएको आरोप
९.बितेको २४ घण्टामा गरिएको ५ हजार २६ परीक्षणमा थप ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि, ४ सय २५ जना संक्रमणमुक्त, ५ जनाको मृत्यु
१०. १० थान भेन्टिलेटर र एक सय थान अक्सिजन कन्सन्ट्रेटरसहित चिनियाँ जनमुक्ति सेनाले दियो नेपाली सेनालाई ३ लाख डोज कोरोनाविरुद्धको खोप, प्रधान सेनापति महारथी प्रभुराम शर्माद्वारा चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन
११. तिहारपछिको पहिलो कारोबार दिन सेयर बजार मापक परिसूचक नेप्से १९ अंकले घट्यो, कारोबार रकम पनि ४ अर्ब ४२ करोडमा सीमित
१२. अमेरिकामा २० महिनापछि विदेशी यात्रुको लागि सीमा खुला, यात्रुहरूले अनिवार्य पूर्ण मात्रा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र र तीन दिनभित्रको कोरोना रिपोर्ट पेस गर्नुपर्ने
१३. अफगानिस्तानमा पोलियोविरुद्धको खोप अभियान सुरु, पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने
१४. तीन वर्ष क्लबको नेतृत्व सम्हालेका एस्टन भिल्लाका प्रशिक्षक डिन स्मिथ बर्खास्त, जारी सिजनमा लगातार पाँचौँ हार व्यहोरेपछि एस्टन भिल्लाले गरे यस्तो निर्णय
र,
१५. आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत आज भारत र नामिबिया भिड्दै, सेमिफाइनलमा प्रवेश गर्न नसकेका दुई टोली विश्वकपको अन्तिम खेल खेल्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया