काठमाडाैं : एकहप्ताभित्रै सेयर बजारमा २७ प्रतिशतले कारोबार बृद्दि भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार अघिल्लो हप्ताको तुलनामा यो हप्ता सेयर काराेबारमा २७.७६ प्रतिशत बृद्दि भएको हो ।
कूल कारोबार रकममा बृद्दि भएपनि नेप्से परिसुचक भने अघिल्लो साताको तुलनामा ५.१९ अंकले घटेको छ । साताको अन्तिम दिन अर्थात शुक्रबार नेप्से १ हजार ३ सय ४८.४५ अंकमा अार्इपुगेको छ ।
यो हप्ताभित्र नेपालको सेयर बजारमा ४८ लाख १२ हजार ७ सय ७० कित्ता सेयर खरिद बिक्री भयो । यी सेयरको कूल मूल्य २ अर्ब १९ लाख ९९ हजार रूपैयाँ रहेको नेप्सेले जानकारी दिएको छ ।
गत साता १ सय ७६ वटा कम्पनीहरूको कारोबार भएकोमा यो साता नेप्सेमा १८१ कम्पनीहरूको कारोबार भएको छ । कारोबार रकमको अाधारमा यो साता बुटवल पावर कम्पनी लिमिटेड अग्रस्थानमा छ । यस्तै, सिभिल बैंक, नेपाल लार्इफ र्इन्स्योरेन्स, नेशनल लार्इफ र्इन्स्योरेन्स र नेपाल बैंक लिमिटेडको कारोबार पनि अन्य कम्पनीको तुलनामा अग्रस्थानमा देखिएको छ ।
साताभरि भएको शेयर संख्याको अाधारमा सिभिल बैंक शीर्षस्थानमा छ भने बुटवल पावर कम्पनीले बढि संख्या (मूल्य) को कारोबार गरेको छ ।
३५ लाख ८ हजार कित्ता शेयर सुचिकृत
यो साता नेपाल स्टकद एक्सचेन्जमा ३५ लाख ८ हजार कित्ता सेयर सूचिकृत भएको छ । कन्कार्इ विकास बैंकको २ लाख ९० हजार कित्ता बोनस सेयर, काबेली विकास बैंकको ३ लाख ५० हजार र इन्भेस्टमेन्ट एण्ड फार्इनान्स कम्पनीको २८ लाख ६७ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया