तुलसीपुर । दाङको ततुलसीपुर उपमहानगरपालिका वडा नं ४ नयाँ बस्तिका २१ वर्षीय टोपबहादुर पुन मगरको हत्या भएको छ । मगरको साथमा रहेका सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं ४ का १७ वर्षीय शंकर डाँगी गम्भीर घाइते छन् ।
युवाहरुको एक समुहले मदिरा सेवन पछि लाठी र धारिलो हतियार प्रहार गरि मगरको हत्या गरेको र उनको साथमा रहेका गिरीको अवस्थापनि चिन्ता जनक रहेको दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।
एसपी काफ्लेका अनुसार घाइते मगरलाई उपचारका लागि बिहान ३ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए । अर्का घाइते सल्यान कपुरकोटका डाँगीलाई थप उपचारका लागि राति नै बाँके लगिएकोमा त्यहाँपनि उपचार संभव नभएपछि थप उपचारका लागि छिमेकी देश भारतको लखनउका लागि रिफर गरिएको भन्ने खबर प्राप्त भएको एसपी काफ्लेले बताए ।
उनीहरुमाथि पुरानो रिसिबीका कारण तुलसीपुर-४ कै २० वर्षीय खिमबहादुर मगर, १८ वर्षीय रेशम थापा र २१ वर्षीय विनय मगरले लाठी र धारिलो हतियार प्रहार गरेको भन्ने प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको एसपी काफ्लेले बताए । आरोपित सबै फरार रहेको र उनीहरुको खोजी तीब्र पारिएको उनले बताए ।
प्रहरीका अनुसार हत्या आरोपित तीन जना र हत्या गरिएका तथा घाइते एक जनाका बीचमा पुरानो रिसिबी थियो । तर, पछिल्लो समय उनीहरुका बीचमा सामान्ने बोलचाल हुन थालेको थियो ।
तिहारको दिन राति मगर र गिरी संगै मगरकै घरमा थिए । उनीहरुलाई कसैले फोन गरेपछि एकै छिनमा आउँछौं भन्दै उनीहरु घरबाट निस्किएका थिए । ‘त्यसपछि पाँच जना भएर जंगल नजिकै एकान्त स्थानमा गएर मदिरा सेवन गरेको देखिन्छ,’ एसपी काफ्लेले भने ‘त्यही क्रममा पुरानो रिसिबी कुरा झिकेर तीन जना मिलेर योजना बद्ध रुपमा दुई जना माथि लाठी तथा धारिलो हतियार प्रयोग गरि हत्या गरेको देखिन आएको छ ।’
घटनास्थल जंगल नजिक पर्छ । त्यहाँ नजिकै एउटा घर मात्रै रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु आर्यालले घटनाबारे प्रहरीलाई आइतबार बिहान साढे दुई बजे मात्रै खवर प्राप्त भएको बताए । त्यसपछि उद्धारले उद्धार गरेर अस्पताल पुर्याउँदा तीन बजि सकेको थियो । घाइते मध्य मगरलाई चिकित्कसले तत्काल मृत घोषणा गरेका थिए ।
हत्या गरिएका मगर र गिरी कात्तिक ११ गते मात्रै धरौटीका रिहा भएका थिए । उनीहरु माथि डाँका मुद्दा थियो । मगर १५ हजार धरौटीमा र गिरी नाबालक नै रहेको हुँदा अदालतको आदेशले साधारण तारेखमा छुटेका थिए ।
उनीहरु नाताले दाजु भाइ पर्छन । एसपी काफ्लेका अनुसार उनीहरु माथि एक जना शिक्षकलाई कुटपिट गरि दाँत भाँचिदिएको एउटा र अर्कौ भैंसी चोरेको अभियोग थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया