१ तिहार अन्तर्गत आज यमपन्चकको पाँचौँ दिन भाइटीका, दिदिबहिनीद्वारा दाजुभाइलाई टीका लगाइयो
२ राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई साइतमै लगाइन् टीका, तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत र्पुयाउने विश्वास
३ वर्षमा एकपटक मात्र खुल्ने काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भीड, दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका ग्रहण
४ आपसी भाइचाराको सम्बन्ध विस्तार गर्न तिहार पर्व महत्वपूर्ण रहेको प्रधानमन्त्री देउवाको भनाइ, कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै तिहार र छठ पर्व मनाउन अनुरोध
५ उपराष्ट्रपति नन्दबहादुर पुनले दिए उज्यालो र उल्लासको पर्व तिहारको शुभकामना, चाडपर्वको विकृति रोक्दै मौलिकता जोगाउनु पर्नेमा जोड
६ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दिए तिहारको शुभकामना, चाडपर्वले समाजलाई सहअस्तित्वको बाटोमा अघि बढाउन अभिप्रेरित गर्ने कामना
७ पूर्व राजा ज्ञानेन्द्र शाहले लगाए शुभसाइतमै भाइटीका, बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका ग्रहण
८ नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ९ सय ३२ परीक्षणमा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ९६ जना कोरोना संक्रमण मुक्त १ जनाको मृत्यु
९ भाइटीका लगाउन निस्किनेको भीडले काठमाडौंमा यातायात अस्तव्यस्त, उपत्यका भित्र-बाहिर गर्ने मानिसहरू सडकमा निस्किएसँगै मुख्य नाका, र चोकहरूमा सवारी चाप अत्यधिक
१० कोरोना महामारीका कारण २० महिनादेखि रोकिइरहेका ईपीएस कामदार नोभेम्बर अन्तिम सातादेखि कोरिया जान पाउने, कोरीयाली श्रम मन्त्रालयले नयाँ निर्णय जारी गरेपछि नेपाल लगायत १६ वटै देशका कामदार कोरीया जान सक्ने
११ अब फेसबुकले ग्रुपबाटै पैसा कमाउन सकिने फिचर ल्याउदैँ, मनिटाइजेसनका लागि तीन विकल्प उपलब्ध हुने
१२ सियरा लिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना , दुर्घटनामा परी ८४ जनाको मृत्यु, १०० बढी घाइते
१३ युरोप फेरी कोरोना महामारीको केन्द्रविन्दु बन्दै, गत महिना भन्दा संक्रमण ५० प्रतिशतले बढेको डब्लुएचओको दाबी
१४ आइसिसी टि२० विश्वकपअन्तर्गत सुपर १२ को समूह १ को अन्तिम खेलमा आज इंग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै, दक्षिण अफ्रिकालाई सेमिफाइनल खेल्न आजको खेल जित्नै पर्ने दबाब
१५ र, इंगलिस प्रिमियर लिग फुटबल अन्तर्गत आज म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी भिड्दै, म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा हुने खेलमा दुवै टिम एक अर्कालाई हराएर अंक तालिका सुधार्ने दाउमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया