काठमाडौंँ – दुर्गम क्षेत्रका स्थानीय तहमा कर्मचारीको अभाव भइरहेका बेला धेरैजसो निजामती कर्मचारीले ती स्थानमा काम गर्न अनिच्छा देखाएका छन् । दुर्गम क्षेत्रका स्थानीय तहमा कामकाज गरेका अधिकांश कर्मचारीले सुगम स्थानीय तहमा मात्र काम गर्न सरकारसँग निवेदन दिएसँगै दुर्गम स्थानीय तहमा काम गर्ने कर्मचारीको अभाव झनै हुने भएको हो । सरकारले गत वैशाख १९ गतेभित्र १५ दिनको सार्वजनिक सूचना जारी गरी स्थानीय तहमा कामकाज गर्न कार्यालय रोज्ने समयावधि निर्धारण गरेको थियो ।
त्यस समयसीमाभित्र निवेदन दिने अधिकांश कर्मचारीले सुगम क्षेत्रका स्थानीय तहमा कामकाज गर्न पाऊँ भनी माग गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म मन्त्रालयमा १६ जिल्लाबाट कर्मचारीको निवेदन सङ्कलन भई मन्त्रालयमा आएको छ । बाँकी जिल्लाबाट आउने क्रम जारी छ । निवेदन आएका अधिकांश जिल्लाका कर्मचारीले सुगम स्थानीय तह मात्र रोजेका छन् ।
दुर्गम स्थानीय तहमा काम गरेका कर्मचारीले सुगम जिल्लाकै स्थानीय तहमा कामकाज गर्न निवेदन दिएका छन् । सुगम जिल्लाका कर्मचारी सुगममा नै काम गर्ने इच्छा देखाएपछि दुर्गम स्थानीय तहमा कर्मचारीको अभाव झनै हुने भएको हो ।
मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले दुर्गम क्षेत्रका स्थानीय तह नरोज्ने कर्मचारीलाई अब सरकार आफैले खटाउने बताए गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया