काठमाडौँ – ललितपुर, इमाडोलकी सन्जु कोइराला ज्योतिषले भनेकै समयमा बच्चा जन्माउनुपर्ने पारिवारिक दबाबका कारण शल्यक्रिया गरेर सुत्केरी भइन् । डाक्टरले दिएको मितिभन्दा १५ दिनअगावै उनले शिशु जन्माइन् । ‘शल्यक्रियाले मुटुमा समस्या देखियो, आमाबच्चा दुवै आईसीयूमा पुग्यौं, मैले सात दिनपछि मात्रै नानीलाई देख्न पाएँ,’ चार वर्ष अगाडिको त्यो क्षण सम्झिइन् उनले ।
शल्यक्रियाबाट भनेकै समयमा बच्चा त जन्माइन्, शारीरिक रूपमा भने पहिलेकै अवस्थामा फर्किन सकिनन् । खुट्टा झमझमाइरहने, धेरै काम गरेको दिन घाउ दुखेजस्तो हुने गर्छ उनलाई । अहिले उनी दोस्रो पटक सुत्केरी भएकी छन् । पहिलो पटक रहरले शल्यक्रिया गरेकी उनलाई यो पल्ट पनि पेट चिरेरै बच्चा पाउनु बाध्यता बन्यो, कान्तिपुरमा खबर छ ।
‘पछिल्लो समय शल्यक्रिया (सिजरियन सेक्सन) गरेर बच्चा जन्माउनेको जमात बाक्लिँदो छ,’ प्रसूति रोग विशेषज्ञ डा. नूतन शर्माले भनिन्, ‘सुत्केरी हुन आउने ७० प्रतिशत ज्योतिषबाट साइत जुराएर आउने गरेका छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया