भूमिहीनलाई चाँडै लालपुर्जा दिइन्छ – मन्त्री श्रेष्ठ

लोकपथ
175
Shares
e”ld Joj:yfdGqL >]i7 wg’iff, !& sflQs M e”ld Joj:yf, ;xsf/L tyf ul/aL lgjf/0fdGqL zlz >]i7 a’waf/ dxf]Q/Lsf] jlb{jf; gu/kflnsfn] cfof]hgf u/]sf] e”ldxLg ;’s’djf;L, e”ldxLg blnt tyf cJojl:yt a;f]jf;LnfO{ nfnk”hf{ ljt/0f;DaGwL cGt/lqmof sfo{qmdnfO{ ;Daf]wg ub}{ . t:jL/ M chos’df/ ;fx÷/f;;

महोत्तरी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले अब छिट्टै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिने बताएकी छन् ।

महोत्तरीको बर्दिवासमा आज भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणसम्बन्धी अन्तरक्र्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले सरकार छिट्टै लालपुर्जा वितरणको तयारीमा लागेको उल्लेख गरीन् । मन्त्री श्रेष्ठले यसअघि भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न विभिन्न कालमा बनेका आयोगले गरेका कामको सम्पूर्ण स्वामित्व सरकारले लिने बताईन् । “राम्रो कामलाई राम्रो भन्नुपर्छ, यसअघिको सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न गरेको प्रयत्नलाई वर्तमान सरकारले अघि बढाउँछ”, मन्त्री श्रेष्ठले भनिन् । यद्यपि अहिले मिति नै तोकेर जग्गाधनी प्रमाणपुर्जा वितरण हुने दिन तोक्न नसकिने उनको भनाइ छ ।

“अहिले गठबन्धनको सरकार छ, दोहोरो चरित्र देखाउनु हँुदैन”, मन्त्री श्रेष्ठले भनिन्, “सस्तो लोकप्रियताका लागि हचुवामा घोषणा गरेर झुठो बन्नु ठीक हुन्न ।” दलहरुले चुनावताका गरेको वाचा पूरा गर्नु पर्ने उनको भनाइ छ ।

कार्यक्रममा बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिवास नगरक्षेत्रमा नापजाँचको काम सम्पन्न भइसकेको र तथ्याङ्क प्रविष्ट गर्ने कार्य अन्तिम चरणमा रहेको जानकारी दिए । नापी कार्यअन्तर्गत नौ हजार ४५९ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिएको कार्कीको भनाइ छ । सरकारले अब यहाँको लालपुर्जा वितरणमा ढिलाइ गर्न नहुने कार्कीले मन्त्री श्रेष्ठसँग आग्रह गरे । विसं २०५६ मा बनेको आयोगले अवैधानिक तवरले वितरण गरेको लालपुर्जा भने खारेज गर्नुपर्ने कार्कीको माग छ ।

कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहाल, प्रदेशसभा २ सदस्य शारदादेवी थापा र नापी विभागका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?