ऊर्जामन्त्री भुसालसँग इयुका राजदूतको शिष्टाचार भेट

लोकपथ
56
Shares
sf7df8f}F, !& sflQsM dGqL e”;fn;Fu /fhb”tsf] e]6 pmhf{, hn;|f]t tyf l;FrfOdGqL kDkmf e’;fn;Fu a’waf/ dGqfnodf lzi6frf/ e]6 ub}{ g]kfnsf nflu o’/f]k]nL ;‹sf /fhb”t gf]gf 8]k|]h . tl:a/M gjLg kf}8]n÷/f;;

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय एवं बहुपक्षीय चासोका विषयमा छलफल भएको थियो ।

सो अवसरमा मन्त्री भुसालले राजनीतिक स्थायित्वसँग आर्थिक विकासमा नेपाल अगाडि बढेको बताउँदै त्यसका लागि युरोपेली सङ्घले सहयोग गर्ने विश्वास व्यक्त गरीन् । आर्थिक तथा मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उनले जलवायु परिवर्तनले नेपालमा परेको अवसरबारे राजदूतलाई जानकारी गराइन् । जलवायु परिवर्तनका विषयमा सामूहिक ऐक्यबद्धता व्यक्त गर्नुपर्ने बताउँदै मन्त्री भुसालले युरोपेली सङ्घ र सदस्य मुलुकले सो विषयमा विशेष चासो दिनुपर्नेमा जोड दिईन् ।

सो अवसरमा राजदूत डेप्रेजले जलवायु परिवर्तनको असरसँग जुध्न सामूहिक पहल मुख्य भएको उल्लेख गर्दै त्यस विषयमा नेपालको पक्षमा ऐक्यबद्धता व्यक्त गरीन् । युरोपेली सङ्घ र सदस्य मुलुकको वैकल्पिक ऊर्जाका क्षेत्रमा विशेष चासो रहेको र त्यसको प्रवद्र्धनमा आफूहरू नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको बताईन् । त्यस अवसरमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव मधुकरराज राजभण्डारीसहित पराष्ट्र मन्त्रालयको प्रतिनिधिको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?