काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि सिफारीस समिति गठन गरेको छ ।
बुधबार बसेको मन्त्रीस्तरीय बैठकले मन्त्रालयका निमित्त सचिव डा. कमल प्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरीएको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा ३ बमोजिम पोखरेलको संयोजकत्वमा डा. कमला ज्ञवाली (वाणगंगा १, पिपरा कपिल्वस्तु) र हरिबहादुर श्रेष्ठ (काठमाण्डौं नगरपालिका १३, ताहचल) सदस्य रहने गरी समिति गठन गरीएको हो ।
यसअघि मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले अर्को ब्यवस्था नहुदासम्मकोलागि मन्त्रालयका सहसचिव विष्णुराज ढकाललाई राखेपको निमित्त सदस्य सचिवको जिम्मेवारी तोकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया