हेर्नुहोस् आजका टप १५ समाचारहरु (भिडियोसहित)

लोकपथ
42
Shares
लोकपथ डट कमको अनलाइन समाचार बुलेटिनमा तपाईँलाई स्वागत छ । यो अङ्कमा तपाईँले आजको ताजा र प्रमुख समाचारहरू सुन्न र हेर्न पाउनु हुनेछ । दैनिक समाचारका लागि लोकपथ डटको आधिकारिक युट्युब च्यानललाई सब्सक्राइब गरेर नियमित रूपमा समाचार र अन्य सूचनामूलक जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

१. न्यायालयमा देखिएको विवादबारे कांग्रेस र एमाले समर्थित वकिलका संगठनको एउटै स्वर, न्यायाधीशहरूले अविलम्ब मुद्दाको सुनुवाइ गर्नुपर्नेमा जोड, इजलास बहिस्कारले समस्या समाधान नहुने ।

२. न्यायालयमा सुधारको माग गर्दै आज पनि नेपाल बार एसोसियनद्वारा सर्वाेच्च अदालत परिसरमा धर्ना, प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले राजीनामा दिनुपर्ने माग कायमै ।

३. आगामी निर्वाचनमा कांग्रेसले एक्लै बहुमत ल्याएर ५ वर्ष सरकार चलाउने नेता गगन थापाको दाबी, कांग्रेसले कसैसँग गठबन्धन नगर्ने, न्यायलयमा देखिएको समस्याको जड एमाले अध्यक्ष केपी शर्मा ओली नै भएको आरोप ।

४. १०औँ महाधिवेशनमा एमालेले माधवकुमार नेपालको पार्टीलाई नबोलाउने, नेपाल नेतृत्वको पार्टी अवैधका साथै पहिचान र पत्राचार गर्ने ठेगाना नभएको एमाले सचिव योगेश भट्टराईको टिप्पणी ।

५. नेपालले आजबाट अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतमा विद्युत् निर्यात सुरु ग¥यो, पहिलो चरणमा ३९ मेगावाट विद्युत् निर्यात ।
६.सरकारले गरिब र विपन्न वर्गलाई १० हजार नगद बाँड्ने प्रक्रिया अघि बढायो, लागत संकलन र नगद हस्तान्तरणको जिम्मा स्थानीय तहलाई दिइयो ।

७. बुधबार नेपालमा थप ४ सय ४७ जनामा कोरोना संक्रमणको पुष्टि, ४ सय ३९ जना संक्रमणमुक्त, पछिल्लो २४ घण्टामा ७ जनाको मृत्य ।

८. चीनद्वारा नेपाललाई थप १६ लाख डोज कोरोनाविरुद्धको खोप सहयोग, चीनले दिएको भेरोसेल खोप आजै नेपाललाई हस्तान्तरण ।

९. आज नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको दोस्रो दिन, तिथि घटबढका कारण आजै काग र कुकुरतिहार मनाइयो ।

१०. नेपाली बजारमा सुनको भाउ आज ५ सय रुपैयाँले घट्यो, छापावाल सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार ।

११. तिहारबिदाको अघिल्लो दिन बुधबार नेपाली सेयर बजार मापक परिसूचक नेप्सेमा सामान्य अंकको वृद्धि, ६ अर्ब ५५ करोडको सेयर कारोबार ।

१२.अफ्रिकी मुलुक इथियोपियामा संकटकालको घोषणा, विद्रोही समूह टिग्रेले देशका विभिन्न भागमा हिंसात्मक गतिविधि बढाएपछि संकटकाल लगाइयो ।
१३. अफगानिस्तानमा तालिबानी सरकारद्वारा विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध, देशभित्र हरेक कारोबार अफगानी मुद्रामै गर्न आदेश, आदेश पालना नभए कारबाही गर्ने चेतावनी ।
१४.यूएईमा जारी आईसीसी टि–ट्वान्टी विश्वकप क्रिकेटमा आज भारत र अफगानिस्तान भिड्दै, दुई खेल हारेको भारत अफगानिस्तानलाई पराजित गर्नैपर्ने दबाबमा ।

१५. र युरानेपियन च्याम्पियन्स लिग फुटबलमा आज विभिन्न चार खेल हुँदै, समूह ‘बी’को खेलमा एट्लेटिको म्याड्रिडलाई लिभरपुलको चुनौती ।

https://www.facebook.com/lokpath/videos/655895905392443

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?