काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका चार स्थानमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ ।
आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा तिहारमा घर जाने यात्रुहरुलाई लक्षित गरी कोरोनाविरुद्धको खोप निःशुल्क रुपमा लगाउन सुरु गरिएको हो ।
खोप कार्यक्रम मंगलवार(आज) र बुधवार(भोली) बिहान साढे ७ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया