घर निर्माणका लागि ४५ हजार सहयोग हस्तान्तरण

लोकपथ
917
Shares

नुवाकोट । नेपाली कांग्रेस बेलकोटगढी नगरपालिका वडा नम्बर १० ले घर निर्माणका लागि एक परिवारलाई आर्थिक सहयोग गरेको छ । विपन्न परिवार काजी राना मगरलाई घर निर्माण सहयोगार्थ ४५ हजार रुपैयाँ सहयोग गरिएको अध्यक्ष प्रह्लाद थपलियाले जानकारी दिए ।

राना स्वयम् उपस्थित हुन नसकेको कारण चित्र प्रसाद अधिकारीको रोहबरमा सो सहयोग प्रदान गरिएको उनको भनाइ छ । यस्तै वडाकै स्वर्गीय दिनेश नेपालीको परिवारलाई १० हजार रुपैयाँ र स्वर्गीय युवराज भुजेलको परिवारलाई उपस्थित हुन नसकेको कारण राजाराम कँडेल रोहबरमा ५ हजार रुपैयाँ हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

आजै वडा कार्यसमिती दोस्रो बैठक तथा भेला समेत सम्पन्न भएको छ । बैठकमा पूर्वजिल्ला सभापति ध्रुव अधिकारी, महासमिति सदस्य रमेश कुमार महत, महाधिवेशन प्रतिनिधि चोकराज शाक्यसहित स्थानीय नेताहरु कृष्ण प्रसाद पाण्डे, बैकुण्ठ बहादुर पाण्डे, तारा प्रसाद पाण्डे, द्वारिका प्रसाद पाण्डे, केदार प्रसाद डोटेल, धु्रवराज डोटेल, श्याम राज पाण्डे, गोविन्द प्रसाद जमकट्टेल लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा माओवादी पार्टी परित्याग गरी प्रकाश तामाङ र दिपक भट्टराई नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?