काठमाडौं । देशका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोही क्रममा पर्वत, जलजला गाउँपालिका-३ मल्लाज माझफाट बस्ने कृष्ण बरुवालको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय मोहन जिसीलगायत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार ६ सय ९० रुपैयाँ र ताससहित पक्राउ गरेको हो ।
त्यस्तै नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-१ मिलन टोल बस्ने ओम ढकालको घरबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४९ वर्षीय भिम लाल शर्मालगायत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८९ हजार ३ सय ८० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै कञ्चनपुर, भिमदत्त नगरपालिका-४ गल्ली नम्बर ५ मा बस्ने ३५ वर्षीय बुद्धिसागर शर्माको बिलियड स्नोकर एण्ड पुल एसोसियसनमा तास खेलिरहेको अवस्थामा शर्मालगायत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त एसोसियसनमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ७ सय ११ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
त्यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१४ रझेना बस्ने २५ वर्षीय यज्ञ खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा रोल्पा रून्टीगढी गाउँपालिका बस्ने ४३ वर्षीय रूपलाल बिकलगायत २० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ६४ हजार ८ सय ८१ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।
त्यस्तै बर्दिया, गुलरिया नगरपालिका-७ गुलरियागाउँ बस्ने रमेश यादवको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय रमेश यादवलगायत ९ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ उनीहरुलाई नगद १ लाख ९८ हजार ५ सय ५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
कैलाली, बर्दगोरिया गाउँपालिका-६ पृथ्वीपुरस्थित कच्ची घरमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका(५ बस्ने ३६ वर्षीय शुनिल चौधरी लगायत १८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ उनीहरुलाई नगद १ लाख ८० हजार ७ सय ५० रुपैयाँ र २ गड्डी ताससहित पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया