काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको छ ।
यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको समितिले जनाएको छ । यस वर्षको तिहार कात्तिक १७ गतेदेखि सुरु हुँदैछ ।
तिहारको पहिलो दिन काग तिहार र कुकुर तिहार परेको छ । त्यस्तै दोस्रो दिन लक्ष्मीपूजा, तेस्रो दिन गाई/गोरु तिहार तथा गोवर्द्धन पूजा, चौथो दिन भाइटिका/किजा पूजा रहेको छ ।
तिहार हिन्दु धर्मावलम्बीहरूको दशैँपछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म मनाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया