काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार ८९९ परीक्षणमा ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ५ हजार ७३१ पीसीआर परीक्षणमा ३७६ जना र २ हजार १६८ एन्टिजेन परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, बितेको २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४०७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया