काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने बताएका छन् ।
बार एसोसियसनले प्रधानन्यायाधीश राणाको विरुद्धमा सर्वोच्चमा गरेको विरोध कार्यक्रममा बोल्दै नेपाल बार एशोसियशनका पूर्व अध्यक्ष समेत रहेका थापाले सो कुरा बताएका हुन् ।
अदालतको प्रमुख अंग बार एसोसियसन रहेकाले बारले नै राजीनामा माग गरिसकेपछि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने उनको भनाइ रहेको छ ।
‘न्यायालयको संरक्षण बारले गर्दछ । जब बारले नै तपाई (प्रधानन्यायाधीश) सँग राजीनामा माग गर्दछ । भने तपाईँ को हो राजीनामा नदिने ?’ थापाको प्रश्न रहेको छ ।
त्यसैगरी प्रधानन्यायाधीश राणाले न्यायपरिषद्को गरिमा नराखेको समेत उनको भनाइ रहेको छ । न्यायालय सुधारका लागि केही समयअघि न्यायाधीश हरिकृष्ण कार्कीले बुझाएको प्रतिवेदन समेत प्रधानन्यायाधीशले नमानेको उनको आरोप रहेको छ । ‘उहाँले न्यायपरिषद्को मान्यता नै राख्नुहुन्न ।’ उनले भने ।
त्यस्तै प्रधानन्यायाधीश राणाले आफूलाई मन परेको न्यायाधीशहरुलाई सरुवा गर्ने गरेको समेत उनको आरोप रहेको छ ।
त्यसैगरी प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आफूहरुको आन्दोलन जारी रहने उनको भनाइ रहेको छ ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनले आजबाट चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । त्यस्तै आज नै बार पसिरसमा प्रधानन्यायाधीश राणाको पक्षमा समेत प्रर्दशन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया