काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पक्ष र विपक्षमा कानुन व्यवसायीहरु विभाजित भएका छन् ।
आइतबार नेपाल बार एसोसिएसनमा प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छ र दिन हुँदैन भन्ने विषयमा कानुन व्यवसायीबीच जुहारी नै चलेको छ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको अगुवाइमा अधिकांश अधिवक्ताहरूले कालोपट्टी बाँधेर विरोध गरिरहेको बेला केही अधिवक्ताहरू भने सेतोपट्टी बाँधेर इजलासको माग गर्दै प्रदर्शनमा उत्रिएका छन्।
इजलासको माग गर्दै प्रदर्शन गर्नेमा कानुन व्यवसायी स्वागत नेपाल, भूमिनन्द चुडाललगायत छन्। कानुन व्यवसायी नेपालले न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरू सहमत भए पनि न्यायनिरुपणको हकबाट नागरिकहरू वञ्चित भएको विषयमा सहमत नभएकाले सेतोपट्टी बाँधेर प्रदर्शन गरेको बताए।
प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा बहस पैरवी रोकेका छन्। न्यायाधीशहरूले पनि इजलास बहिष्कार गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया