यस्तो छ आज दिनभरिको टप १५ हेडलाइन्स्(भिडियोसहित)

लोकपथ
133
Shares

१. जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतमा, शनिबार दिनभर विभिन्न भेटवार्ता र कार्यक्रममा व्यस्त

२. सरकारी सम्पति दुरुपयोग गरेको प्रचण्डको आरोपप्रति ओलीको खण्डन, प्रधानमन्त्री हुँदा आफ्नै घरको भाँडाकुँडा प्रयोग गरेको स्पष्टोत्ति

३. अदालतको समस्याबारे सत्तागठबन्धनले छिट्टै धारणा सार्वजनिक गर्ने माओवादी अध्यक्ष प्रचण्ड भनाइ, गठबन्धन दलभित्र कुनै विवाद नरहेको दाबी

४. एकीकृत समाजवादीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको अध्यक्ष माधवकुमार नेपालको जिकिर, प्रदेश १ मा पनि छिट्टै मुख्यमन्त्री आचार्यको बहिगर्मन हुने दाबी

५. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण, आजै मुक्तिनाथ दर्शनदेखि ढोरपाटनसम्म अवलोकन

६. पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने ६ विद्यार्थी संगठनको चेतावनी, निरन्तर मूल्यवृद्धि हुँदै जाँदा आम–नेपालीको जनजीवन कठिन भएको ठहर

७. शनिबार देशभर ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि, ९ सय ११ जना संक्रमणमुक्त, पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु

८. स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन गरिँदै, पालिकास्तरमै टोली खटाएर मङ्सिर १ पछाडी मतदाता नामावली सङ्कलन विशेष अभियान संचालन गरिने निर्वाचन आयोगको भनाइ

९.अफगानिस्तानबाट थप ३२ नेपाली स्वदेश फिर्ता, अब अफगानिस्तानमा कुनै पनि नेपाली नागरिक नरहेको परराष्ट्र मन्त्रालयको दाबी

१०. काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो, औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम विभागको भनाइ

११. यस साता २ सय २५ दशमलव १६ अंकले बढ्यो नेप्से, फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक कमाए

१२. प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा पहिलोपटक कोरोना संक्रमित भेटिए, अर्को साता लकडाउन हुनसक्ने प्रधानमन्त्री पोहिभाको भनाइ

१३. चीनसँग पुनर्मिलन बाहेक ताइवानको कुनै भविष्य नरहेको चिनियाँ विदेशमन्त्री वाङ यीको भनाइ, चीनको विपक्षमा रहन खोज्नेहरूले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी

१४. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरी नेपाल फर्किए, एन्फासँगको सम्झौतापछि अब तीन वर्ष राष्ट्रिय फुटबल टिमको प्रशिक्षक रहने

१५. र ताजिकिस्तानमा जारी ए एफसी अन्डर–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले भोलि लेबनानसँग प्रतिस्पर्धा गर्दै, दुवै टिम एक–अर्कालाई हराएर छनोटमा पर्ने दाउमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?