चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ

लोकपथ
413
Shares

काठमाडौं । चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाँके, राप्ती सोनारीका हिरासिह विक र सुर्खेत पंचपुरीका रमेश वयक र बसन्त बि.सी. रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले बाँके कोहलपुर नगरपालिका ११ स्थित रहेको सागर गेष्ट हाउसको कोठा नं.२०५ बाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाटचितुवाको छाला थान १ र १ किलो ४० ग्राम हड्डी बरामद गरिएको छ भने उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?