९३ विद्यार्थीलाई पोशाक वितरण

लोकपथ
56
Shares

तम्घास । सिद्धबाबा माध्यमिक विद्यालय, रेसुङ्गा नगरपालिका – ८ गुल्मीले ९३ विपन्न विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।

आज विद्यालयले जिल्लाभित्र र जिल्लाबाहिरका कक्षा नर्सरीदेखि कक्षा सातसम्मका गरिब एवं विपन्न विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।

उनीहरुलाई अवस्था हेरेर ट्र्याकसुट, जुत्ता, टाई, टोपी, स्वीटर, टिसर्टलगायत पोशाक वितरण गरिएको प्राध्यानाध्यापक डोरविक्रम श्रीसले जानकारी दिए ।

विद्यालयले कमजोर स्थितिका विद्यार्थीहरुलाई पढाउनका लागि विसं २०७६ मा सिद्धबाबा क्लोथ बैंकको स्थापना गरेको थियो । क्लोथ बैंकमार्फत विभिन्न दाताले गरेको सहयोगलाई विद्यालयले विद्यार्थीलाई प्रदान गर्दछ । विद्यालयले विभिन्न समयमा गरिब एवं विपन्न विद्यार्थीलाई सिद्धबाबा क्लोथ बंैकमार्फत पोशाक वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?