हेर्नुहोस् लोकपथको टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
91
Shares

काठमाडौं । लोकपथ डट कमको अनलाइन समाचार बुलेटिनमा तपाईँलाई स्वागत छ । यो अङ्कमा तपाईँले आजको ताजा र प्रमुख समाचारहरू सुन्न र हेर्न पाउनु हुनेछ ।
दैनिक समाचारका लागि लोकपथ डटको आधिकारिक युट्युब च्यानललाई सब्सक्राइब गरेर नियमित रूपमा समाचार र अन्य सूचनामूलक जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

१. बागमती प्रदेशमा राजेन्द्र पाण्डे बने नयाँ मुख्यमन्त्री, पाण्डेसँगै ३ जना मन्त्रीद्वारा आजै पद तथा गोपनीयताको शपथ, बागमतीमा पनि ढल्यो एमालेको सरकार ।

२. आगामी ६ महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्यमा केन्द्रित हुन सरकारी अधिकारीलाई प्रधानमन्त्री देउवाको निर्देशन, कोरोना नियन्त्रणको काम प्रभावकारी बनाउन पनि आग्रह ।

३. प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउनेबारे छलफल नभएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रस्टोक्ति, पाँचदलीय सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम रहने ।

४. प्रमुख प्रतिपक्षी दल एमालेद्वारा आजको प्रतिनिधिसभा बैठक पनि अवरोध, जनसरोकारका विषय ओझेलमा, सरकारद्वारा संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस ।

५. एमालेको आज बसेको स्थायी कमिटी बैठकमा पार्टीको वडा र पालिका अधिवेशनबारे समीक्षा, मंसिरमा हुने १०औं महाधिवेशनको मापदण्ड र कार्यतालिकाबारे पनि छलफल ।

६. सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ, निमोनिया भएपछि उपचारका लागि वीर अस्पतालमा भर्ना, स्वास्थ्यमा सुधार ।

७. विवेकशील साझा पार्टीमा आन्तरिक कलह झनै चुलियो, संयोजक मिलन पाण्डे समूहको उपस्थितबिनै संघीयता खारेज गर्ने अध्यक्ष रविन्द्र मिश्रको प्रस्ताव दुईतिहाइ मतले पारित भएको दाबी ।

८. भक्तपुरमा चाइनिज धान लगाउने किसानको उत्पादन शून्य, धानमा बाला नै नलाग्दा ठगिए कृषक, खाद्यान्न अभाव हुनसक्ने भन्दै चिन्ता ।

९. उत्पादन बढ्न थालेपछि नेपाल फूलमा आत्मनिर्भर बन्दै गएको व्यवसायीको भनाइ, भारतबाट अवैध रुपमा हुने फूलको आयात रोक्न व्यवसायीको माग ।

१०. बिहीबार नेपालमा ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि, पछिल्लो २४ घण्टामा ६ सय ६४ जना संक्रमणमुक्त, २ जनाको मृत्यु ।

११. साताको पाँचौँ दिनसम्म लगातार बढ्यो नेपाली सेयर बजार, बिहीबार नेप्से परिसूचक १३ अंकले वृद्धि, ५ अर्ब ३९ करोडभन्दा बढीको कारोबार ।

१२. जापानले बनायो आकाशमा उड्ने मोटरसाइकल, उड्ने मोटरसाइकलको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर, नेपालमा भने ८ करोड १६ लाख रुपैयाँ पर्ने ।

१३. भारतद्वारा नयाँ क्षेप्यास्त्र अग्नि –५ को सफलतापूर्वक परीक्षण, क्षेप्यास्त्रले पाँच हजार किलोमिटरसम्म मार हान्ने क्षमता राख्ने भारतको दाबी ।

१४.एसियन फुटबल कन्फेडेरेसनद्वारा सन् २०२२ मा भारतमा हुने महिला एसियन कपको समूह विभाजन सार्वजनिक, १२ टोलीलाई ३ समूहमा विभाजन ।

१५. अन्डर ट्वान्टी थ्री एसियन कप छनोट फुटबलको दोस्रो खेलमा आज नेपाल र आयोजक ताजकिस्तान भिड्दै, नेपाल ताजकिस्तानलाई हराएर अंक जोड्ने दाउमा ।

https://www.facebook.com/lokpath/videos/927113027917439

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?