मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको प्रथम प्रादेशिक सम्मेलन चितवनको पर्यटकीय नगरी सौराहामा हुने भएको छ ।
नेपाल पत्रकार महासंघ प्रादेशिक संरचनामा गएपछि पहिलो पटक हुन लागेको सम्मेलनमा पत्रकारिता क्षेत्रको समग्रविकास, पत्रकारहरुको पेशागत हकहित तथा सांगठनिक सृदृढिकरणका सम्बन्धमा छलफल गरी आवश्यक निर्णय लिईने बताईएको छ ।
यहि कात्तिक १३ र १४ गते सौराहासहित स्थित होटल सेभेन स्टारमा हुने दुई दिने सम्मेलनमा प्रदेश समितिको ३ बर्षे कार्ययोजनासहित सदस्यता शुद्धिकरण र पत्रकारिता क्षेत्र सम्बन्धी विभिन्न प्रस्तावहरु माथि बृहत् छलफल पश्चात सौराहा घोषणपत्र जारी गरिने नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिका अध्यक्ष शिव देवकोटाले जानकारी दिए ।
सम्मेलनमा बागमती प्रदेश अन्र्तगत उपत्यका बाहेकका १० जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित वागमती प्रदेश समितिका पदाधिकारी एवंम् सदस्यहरुको सहभागिता रहने प्रदेश समितिका महासचिव कृष्णसारु मगरले जानकारी दिए ।
सम्मेलन नेपाल पत्रकार महासंघ चितवन शाखाको आतिथ्यतामा हुन लागेको र त्यसका लागि आवश्यक सबै तयारी पुरा भईसकेको समेत प्रदेश समितिले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया