हेर्नुहोस् आजको टप १५ हेडलाइन्स्(भिडियोसहित)

लोकपथ
70
Shares

१. एमाले अध्यक्ष केपी ओलीले गरे देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन, सर्वसम्मतिका साथ अधिवेशन सम्पन्न हुने विश्वास

२. प्रधानन्यायाधीशको राजीनामाको विषयमा कुनै छलफल नभएको नेपाल बार एशोसिएशनको भनाइ, पूर्व न्यायाधिश फोरमले जबराको राजीनामा मागेको बक्तव्यबारे पनि कुनै औपचारिक जानकारी नआएको स्पष्ट

३. वर्तमान सत्तारुढ पाँच दलको गठबन्ध प्रतिगामी भएको एमाले अध्यक्ष ओलीको आरोप, प्रतिगामी शक्तिहरूको गठबन्धनले देशलाई अस्थिरतातर्फ धकेल्ने टिप्पणी

४. लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवाद भारतसँगको वार्तामार्फत समाधान हुने परराष्ट्रमन्त्री नारायण खड्काको भनाइ, सरकारले भारतलाई पठाएका नोटहरू अध्ययन गरेर समस्या समाधानमा लाग्ने प्रतिवद्धता

५. इञ्जिनियर कुशवाहालाई दुव्र्यवहार गर्नेहरू माथि कारबाहीको प्रक्रिया सुरु भइसकेको गृहमन्त्री खाणको भनाइ, कर्मचारी र राज्य प्रणालीको सुरक्षामा सरकार गम्भीर रहेको स्पस्टोक्ती

६. नेपाली कांग्रेस ‘अर्ली इलेक्सन’को पक्षमा नभएको कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रतिकृया, वर्तमान सरकारले पूर्ण कार्यकाल बिताएरै निर्वाचन गर्ने दाबी

७. बाढी, पहिरो र डुबानबाट क्षति व्यहोरेका परिवारलाई सरकारले राहतको विशेष प्याकेज ल्याउने न्याय, कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूको आश्वासन, योजनाबद्ध ढङ्गले राहत र पुनस्र्थापनामा सरकार लाग्नेमा विस्वस्त

८. सिके राउत नेतृत्वको जनमत पार्टीले जसपाद्वारागौर९टीकापुर जस्तै अर्को घटना गराउने योजना बनाएको आरोप, जसपाले दुइजना नेतालाई घटना घटाउन खटाएको अडियो प्रमाण प्रहरीलाई बुझाइएको राउतको भनाइ

९. सुर्खेतको कट्कुवा सामुदायिक वनमा बम विस्फोट, वनमा घाँस काट्न गएका दिदी भाई घाइते, वम कसले र किन विस्फोट गरायो भन्ने बारे अनुसन्धान हुँदै

१०. पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ९ सय ३१ परीक्षणमा थप ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि, ८ सय १७ जना कोरोना संक्रमण मुक्त, ८ जनाको मृत्यु

११. पार्टीलाई बलियो बनाउन गुटको अन्त्य गर्नु पर्नेमा कांग्रेस नेता अर्जुननरसिंह केसीको जोड, लोकतन्त्र र पार्टीको आदर्श तथा सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढ्न आग्रह

१२. चीनमा विद्यार्थीलाई गृहकार्यमा बोझ कम गर्न नयाँ कानुन पारित, विद्यार्थीहरुलाई गृहकार्य घटाउनुका साथै साताको अन्तिम दुई दिन र बिदाको दिनमा ट्युसन पढ्न नपर्ने

१३. अवैधरुपमा अमेरिका प्रवेश गर्नेको संख्या अहिलेसम्मकै उच्च, पछिल्लो १२ महिनामा मेक्सिकोको सीमाबाट मात्रै १७ लाख मानिस पक्राउ

१४. आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत आजबाट सुपर १२ का खेलहरु सुरु, इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्दै

१५. उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा कन्काई नगरपालिकाको लगातार दोस्रो जित, महालक्ष्मी नगरपालिका१९ गोल अन्तरले पराजित, कुशुम खतिवडाको मात्रै ८ गोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?