मुस्ताङ : नेपाल सरकारको अनुमतिबिनै एक अार्इएनजीअोले मुस्ताङको लोमाङ्थानस्थित ६ सय बर्ष पुरानो एेतिहासिक दरबारको पुनर्निर्माण गरिरहेको छ । दरबारको माैलिकतालार्इ नै जोखिममा पार्नेगरि 'हिमाल एसिया कल्चरल हेरिटेज एन्ड एजुकेसन फाउन्डेसन' नामक एक अार्इएनजीअोले मुस्ताङ लोमाङ्थान दरबारको एक भाग पुनर्निमार्ण गरिरहेको हो ।
राज्यको अनुमति र प्रतिनिधित्वबिना नेपालका कुनै पनि एेतिहासिक सांस्कृतिक सम्पदा चलाउन नपार्इने भएपनि पुरातात्विक विभागलार्इ कुनै खबर नगरि दरबार निर्माणमा अार्इएनजीअो संलग्न भएको हो । दरबारहरूको पुनर्निमार्णको जिम्मा सरकारले पुरातात्विक विभागलार्इ मात्र दिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार सो अार्इएनजीअोले दरबार पुनर्निर्माणबारे अहिलेसम्म प्रशासनबाट कुनै अनुमति लिएको छैन भने खबर समेत गरेको छैन ।
नेपालमा राजतन्त्रको अन्त्यपछि तत्कालिन गृहमन्त्री बामदेव गाैतम राजतन्त्र नरहेको पत्र बोकेर मुस्ताङ गएका थिए । त्यसअघि लोमाङ्थान दरबारको हेरचार नारायणहिटी राजदरबारको निर्देशनमा तत्कालिन सरकारले गर्ने गर्थ्यो । मल्लकालिन, शाहकालिन र राणाकालिन दरबारको संरक्षणमा सरकारले नेपाल ट्रष्टलार्इ खटाएपनि मुस्ताङ दरबारको सुरक्षामा हालसम्म ट्रष्टले खास काम गरेको छैन ।
सन् १४४० स्वतन्त्र राज्य बनेसँगै मुस्ताङ दरबार बनार्इएको थियो । हिमाली बसोबास र रहनसहनबमोजिमको वास्तुमा बनार्इएको दरबारमा पाँच तला छन् । १ सय ८ कोठा र नाै धुरीमा निर्मित दरबारलार्इ चारैतिरबाट पर्खालले घेरिएको छ । पर्खालभित्र करिब गुम्बा, अन्य दरबार र १ सय ७० घरधुरी छन् । मुस्ताङ दरबारसँग अहिले पनि तीन सय भन्दा बढि भेडाच्याङ्ग्रा र कराेडाैं मूल्यबराबरका सांस्कृतिक नीधि छन् । मुस्ताङका तत्कालिन राजपरिवारले दरबारको रेखदेखका लागि हाल दुर्इ जनालार्इ खटाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया