राष्ट्रिय सभा सदस्य पदावधि विवाद, गोलाप्रथामा सांसदका फरक मत

काठमाडौँ, १८ बैशाख- राष्ट्रिय सभाका सांसदको पदावधिबारे एमाले–माओवादी र अन्य दलबीच विवाद भएको छ । राष्ट्रिय सभाका ५९ सांसदमध्ये एकतिहाइको पहिलो २ वर्षमा, अरू एकतिहाइको ४ वर्ष र बाँकीको ६ वर्ष कार्यकाल हुने संवैधानिक व्यवस्था छ । तर, कुन सांसदको पदावधि कति हुने भन्ने नियमावली बनाउने सवालमा विवाद भएको हो ।
एमाले र माओवादी सांसदले प्रदेशको समावेशिताका आधारमा गोलाप्रथा गर्नुपर्ने बताएका छन् । प्रमुख प्रतिपक्षी कांग्रेस तथा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले भने ५९ वटै गोला एउटै बास्केटमा राखेर टिप्नुपर्ने अडान राखेका छन्, नयाँ पत्रिकामा खबर छापिएको छ ।

समयावधि तोक्ने नियमावली मस्यौदा बनाउन नौ सदस्यीय समिति गठन गरिएको छ । राष्ट्रिय सभा नियमावली मस्यौदा समितिमा एमालका तीन, माओवादीका दुई, कांग्रेसका दुई तथा राजपा र फोरमका एक–एक सदस्य छन् । सहमति नभए बहुमतका आधारमा पदावधि तोक्ने नियमावली बनाउने सत्तापक्षको तयारी छ । बुधबार नियमावली मस्यौदा समितिको बैठकबाट बहुमतको आधारमा भए पनि निर्णय गरिने सभापतिसमेत रहेका एमाले सांसद पर्शुराम मेघी गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?