पाताल भुवनेश्वरमा पहिलो पटक धार्मिक महोत्सव

कैलाली – एसियाकै सबै भन्दा लामो गुफा दाबी गरीएको बैतडीको पाताल भुवनेश्वरमा पहिलो  पटक धार्मिक महोत्सव आयोजना हुने भएको छ ।  
विराट सिद्धनाथ पाताल भुवनेश्वर धार्मिक महोत्सव २०७५ आयोजक समितिले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवको बारेमा जान्कारी दिएको हो ।  महोत्सव आयोजक समितिका संयोजक प्रमानन्द भट्टले पाताल भुमेश्वरको प्रचार प्रसार गर्न आवस्यक भएको बताए ।  ‘११ किलोमिटर भन्दा लामो गुफा पाताल भुवनेश्वरको प्रचार प्रशार भएन, विद्युतीकरण सहित बाटोको राम्रो सुविधा भएको गुफा सहित अपि नाक्पा, डाडामा भएको ताल, ५ सय बढी हेक्टर क्षेत्रफको कोणधारी धार्मिक जंगलको महत्व बुझाउछौ, उनले भने ।’
  कैलालीमा ठुलो जनसंख्या छ, कञ्चनपुरमा समेत सोहि सरहको जनसंख्या छ, आन्तरीक पर्यटनलाई मात्र एक ठाँउमा ल्याउन सकियो भने पाताल भुवनेश्वरको विकासमा ठुलो योग्दान हुने छ, उनले भने । भारतबाट समेत धेरै पर्यटक आउने सम्भावना छ सात नम्बर प्रदेशमा, हामीले आद्र्धिक वातावरण मात्र बनाउन सकेमात्र पर्यटन विकासमा ठुलो योगदान हुने उनले बताए ।
 बैशाख २४ गतेबाट सुरु हुने विराट सिद्धनाथ पाताल भुवनेश्वर धार्मिक महोत्सव ३१ गते सम्म सञ्चालन हुने आयोजकले बताएको छ । श्रीमदेभागवत सप्ताह ज्ञान महायज्ञ, राष्ट कल्याण, पितृतरपण, सहस्र शालिग्राम पूजाअर्चना धार्मिक महोत्वमा हुने बताईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?