धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

लोकपथ
476
Shares

काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ।

अर्थमन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई  ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि ढुंगाना मन्त्रालयको तारो बनेका थिए ।

बर्खास्तीअघि उनलाई निलम्बन गरेर स्पष्टीकरण समेत सोधिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?