काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएकामध्ये २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । हस्तान्तरण गरिएका २१ मध्ये १० वटा मोटरसाइकल र ११ वटा स्कुटर रहेका छन् ।
ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोशाकको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरु महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी वृत्तहरुमा पठाउने गरेको जानकारी दिए ।
उनले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको बताए । उनले हराउनै नदिनको लागि धनी समेत विशेष चनाखो र सजक हुनुपर्ने दिन आएको समेत बताए । उनले सवारी धनी थप जिम्मेवार र चिन्तित बन्नुपर्ने र अतिरिक्त सुरक्षाका उपायहरुको प्रयोग गर्न समेत सुझाव दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया