संखुवासभा हत्या प्रकरण : ४ जना पुर्पक्षका लागि जेल चलान, १७ वर्षीय नाबालकलाई सुधारगृह पठाइयो

लोकपथ
1.4k
Shares

काठमाडौं । संखुवासभामा भएको ६ जनाको बीभत्स हत्याका ४ जना अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

संखुवासभा जिल्ला अदालतले ५ जना अभियुक्तमध्ये ४ जनालाई जेल चलान तथा एक नाबालकलाई सुधारगृह पठाउने आदेश दिएको हो ।

गत भदौ २१ गते संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ५८ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

यो पनि पढ्नुहोस् : रञ्जनाको त्यो मोबाइल, जसले प्रहरीलाई थप ४ अभियुक्तसम्म डोहोर्‍यायो

प्रहरीले अनुसन्धान गरी असोज १५ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत संखुवासभा जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

त्यसपछि सुरु भएको थुनछेक बहस सोमबार सकिएपछि अभियुक्तमध्ये लोकबहादुर कार्की, खड्गबहादुर कार्की, हस्तबहादुर कार्की र रणबहादुर कार्कीलाई पुर्पक्षका लागि जेलमा पठाउने आदेश भएको हो ।

घटनामा संलग्न अर्का अभियुक्तको उमेर भने १७ वर्ष भएको कारण उनलाई भने बाल सुधारगृहमै राखेर मुद्दाको पुर्पक्ष गरिने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?