‘सम्पर्क भारत नेपाल’द्वारा प्रवासमा रहेका नेपालीहरुको संस्मरण एकै ठाउँमा ल्याउने प्रयास

लोकपथ
56
Shares

काठमाडौं । ‘सम्पर्क भारत नेपाल’ ले प्राचिन काशीमा कुनै पनि समय प्रवासमा रहेका नेपालीहरुको संस्मरणमा केन्द्रीत रही सबैलाई एकै मञ्चमा ल्याउने प्रयास थालेको छ ।

प्रवासमा रहेका नेपालीहरुको सम्झनामा केन्द्रीत ‘काशीको सम्झना’ नाम पहिलो कार्यक्रम गर्न लागेको हो ।

यस श्रृंखलाको पहिलो कार्यक्रम डिजिटल लाइभ कुराकानी हुने र जहाँ भारतको काशीमा रहँदाको आफ्नो अनुभवहरु शेयर गरिने बताइएको छ ।

अक्टोबर ५ अर्थात असोज १९ गते (भोलि) फेसबुक लाइभ मार्फत कुनै समय भारतमा रहेका नेपालीहरुलाई एकै मञ्चमा ल्याउन लागिएको हो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, साहित्यकार दुर्गा प्रसाद श्रेष्ठ, किरण मानन्धर लगायतको सहभागिता रहनेछ । कार्यक्रममा काशी प्रवासका संस्मरणबारे इला शर्माको बोल्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

उपस्थितहरुले त्यस समयमा आफ्नो शैक्षिक मातृ संस्था एवं यस विशेष शहरको आफ्नो अनुभव तथा बिताएका वर्षहरुको बारेमा छलफल गर्ने छन् जसले त्यस समयको काशीको सम्झनालाई जीवन्त गर्ने बताइएको छ ।

नेपालको सांस्कृतिक र राजनीतिक विकासमा काशीको शताब्दियौँदेखि योगदानको महत्वले गर्दा काशी नेपाल र भारतको साझा संस्कृति र स्नेहको केन्द्र बिन्दु बनेको छ र काशीको स्थान हरेक नेपालीको हृदयमा संधै नै विशेष रहेको छ ।

आधिकारिक फेसबुक (www.facebook.com/samparkbharatnp) अकाउन्ट द्वारा यस कार्यक्रमलाई लाईभ हेर्न सकिने छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?