अमेरिकाले नेपालीलाई सन् २०१५ मा दिएके टेम्पोररी प्रोटेक्टेड स्टाटस् (टीपीएस) सुविधा खारेज गरेको छ ।
यो खारेजीसँगै करिब ९ हजार नेपालीले अब अमेरिका छाड्नुपर्नेछ ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका सचिव क्रिश्जेन एम नेलसनले एक विज्ञप्ति जारी गर्दै टीपीएस सुविधा खारेज भएको घोषणा गरेकी छिन् ।
अमेरिकी कानून अनुसार, टीपीएस अन्त्य गर्न जरुरी रहेको उल्लेख गर्दै उनले १२ महिनाभित्र ९ हजार नेपालीलाइ अमेरिका छाड्न भनेकी छन् ।
यसहिसाबले टीपीएस सुविधा लिएर अमेरिकामा बस्दै आइरहेका नेपालीले २४ जुन २०१९ सम्ममा अमेरिका छाडिसक्नुपर्नेछ ।
सन् २०१५ को विनाशकारी भूकम्पका कारण देखाउँदै तीन वर्ष अघि अमेरिकी सरकारले अनडकुमेन्टेड अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो ।
महाभूकम्पमा ज्यान गुमाएका आफन्त भेट्ने नेपाल आवतजावत गर्न सहज होस् भन्ने प्रयोजनका लागि अमेरिकाले नेपाली नागरिकलाई टीपीएस सुविधा दिएपछि झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएका थिए । तर, अहिले झण्डै ९ हजार मात्रै अमेरिकामा रहेको अनुमान छ ।
अवैधानिकरुपमा अमेरिका वसोबास गरिरहेका विदेशीलाई स्वदेश फर्काउने ट्रम्प प्रशासनको अभियानको पछिल्लो मारमा नेपालीहरु प्रवासी परेका हुन् । ट्रम्प प्रशासनका प्रवासी विरोधी खेमाले पहिलेदेखि नै टीपीएस सुविधा खारेजीमा जोड दिइरहेका थिए । टीपीएस सुविधा लामो समयका लागि दिन नसकिने र यसको प्रयोजन त्यस्तो नभएको ट्रम्प प्रशासनको तर्क छ ।
ट्रम्प प्रशासनले केहिअघि मात्रै साल्भाडोरका दुई लाख, हैटीका ५० हजार नागरिकको रेसिडेन्सी परमिट खारेज गरेको थियो । यस्तै सानो संख्यामा निकारागुवा र सुडानका नागरिकको बसोबास सुविधा पनि खारेज गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया