काठमाडौँ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संंवैधानिक आयोगको पदाधिकारी नियुक्तका लागि विशेष संसदीय सुनवाइ समिति गठनको प्रक्रिया रहेको जानकारी दिएका छन् ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा कार्यक्रममा उनले चाँडै नै समिति गठन गरेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्त गरिने बताए ।
संसद् नबस्दा प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भएको भन्दै उनले कायममुकायम प्रधानन्यायाधीश भए पनि न्याय सम्पादनमा कुनै बाधा तथा अड्चन नपरेको बताए ।
मन्त्री तामाङले सरकार मुलुकमा सुशासन कायम गर्दै समृद्धि हासिल गर्नेतर्फ अग्रसर भएको धारणा राखे । न्यायाधीशहरुको सम्पत्ति तत्काल सार्वजनिक गर्नका लागि आफूहरु यतिबेला कानून निर्माणमा जुटेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया