बैंकिङ कसुर मुद्दामा १० लाख रुपैयाँ जरिवाना भएका व्यक्ति पक्राउ

लोकपथ
161
Shares

काठमाडौं । नेपाल प्रहरीले अदालतबाट १० लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले  १० लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका काठमाडौँ महानगरपालिका–६ का ६७ वर्षीय नारायणभक्त सङ्गतलाई पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ २७ को फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम १० लाख रुपैयाँ जरिवानापछि फरार रहेका सङ्गतलाई आज काठमाडौंको सिफलबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका उनले आफ्नो सिटिजन बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालत पाटनले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उल्लिखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालत पेश गरिएको प्रवक्ता महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?