तनहुँ । तनहुँको डुम्रे–लमजुङ बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।
सोमवार राति परेको पानीका कारण भानुनगरपालिका – ८ पाँचसय फाँटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । उक्त स्थानमा असार र साउन महिनामा पटक – पटक पहिरो खस्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो ।
माथिबाट पहिरो र रुख एकैसाथ खस्दा सडक अवरुद्ध भएकाले पन्छाउनका लागि सडक डिभिजन कार्यालयको डोजर र टिपर मगाइएको पुर्कोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षण कबिन्द्र गुरुङले जानकारी दिए ।
बिहानैदेखि पहिरो पन्छाउनका लागि डोजर र टिपर पठाइदिन फोन गरे पनि फोन नउठेकाले ढिलाइ भएको उनले बताए । पछिल्लो समय सम्पर्क गर्दा डोजर र टिपर हिँडिसकेको जानकारी पाएकाले केही समयपछि अवरुद्ध सडक खुलाइने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया