गाइकवाड चम्किँदा चेन्नईद्वारा मुम्बई पराजित

काठमाडौं। १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो चरणको पहिलो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई २० रनले पराजीत गरेको छ।

यूएईको दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा आईतबार दुई बलिया टोलीबीच भएको प्रतिस्पर्धामा चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर चेन्नईको सुरुवात निकै खराब रहेको थियो।

MS Dhoni and Kieron Pollard pose at the toss, Chennai Super Kings vs Mumbai Indians, IPL 2021, Dubai, September 19, 2021

६ ओभरमा मात्र २४ रन बनाउँदा चेन्नईले ४ विकेट गुमाइसकेको थियो। तर चेन्नईका ओपनर रितुराज गाइकवाडले अविजित ८८ रनको पारी खेल्दा चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनको योगफल तयार गरेको थियो।

मुम्बईका लागि तिब्र गतिका बलर जसप्रित बुम्राह, ट्रेन्ट बोल्ट र एडम मिल्नेले समान २-२ विकेट लिएका थिए। जवाफी ब्याटिङमा १५७ रनको विजयी लक्ष्य लिएर क्रिजमा उत्रेको मुम्बईले निकै खराब प्रदर्शन गर्यो।

Adam Milne is all smiles after dismissing MS Dhoni, Chennai Super Kings vs Mumbai Indians, IPL 2021, Dubai, September 19, 2021

साविक कप्तान रोहित शर्माबिना नै मैदानमा उत्रेको मुम्बईका लागि सौरभ तिवारीले अविजित ५० रन बनाउँदा अन्य ब्याट्सम्यान जम्न सकेनन्। र मुंबईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १३६ रन बनाउन सफल भयो।

चेन्नईका लागि ड्वेन ब्राभोले सर्वाधिक ३ विकेट लिँदा दिपक चेहेरले २ विकेट लिन सफल भए। यस जितसँगै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चेन्नईले ८ खेलमा १२ अंक बटुलेको छ।

Deepak Chahar trapped Quinton de Kock in the powerplay, Chennai Super Kings vs Mumbai Indians, IPL 2021, Dubai, September 19, 2021

आईपीएलमा आज (सोमवार) रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गर्दै छन्। यी दुईबीचको खेल युएईको राजधानी आबु धाबीमा नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?