काठमाडाैँ । टीका प्रसाईं र दिपक पाठकको आवाजमा ‘कति राम्रो सुहाएको’ सार्वजनिक भएको छ । चर्चित नृत्य समूह कार्टुन क्रुसँगको सहकार्यमा शनिबार उक्त गीत सार्वजनिक भएको हो ।
गायक पाठककै शब्द र संगीत रहेको उक्त गीतको संगीतसंयोजन विश्व अधिकारीले गरेका हुन् । ‘द कार्टुन क्रुज’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले अहिले दर्शकको राम्रो माया पाएको छ ।
गीत सार्वजनिक भएको पहिलो २४ घन्टामै २ लाख ३९ हजारभन्दा बढी पटक हेरिएर ट्रेन्डिङको १८ नम्बरमा परेको छ ।
रोमान्टिक डान्सिङ शैलीको गीतमा र्यापर भिम मगरको र्याप प्रस्तुति रहेको छ । मोडल इन्द्र नेवार र विष्णु कौशिकको संयुक्त संयुक्त निर्माणमा तयार भएको गीतको भिडियो कन्सेप्ट र निर्देशन कार्टुन क्रुका सरोज अधिकारीले गरेका छन् ।
भिडियाे हेर्नुहाेस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया