मुग्लिन । चितवनमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर एक पुरुषको आज मृत्यु भएको छ ।
चितवनको इच्छाकामना – ४ कुरिनटारमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर ठेगाना नखुलेका अन्दाजी २५/२६ वर्षको भारतीय नागारिक रोहित गिरिको मृत्यु भएको हो ।
हाइलाइफ ब्राण्डको कुरुम–कुरुम चिउराको होर्डिङबोर्ड राख्ने क्रममा खसेर घाइते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया