सेवामैत्री कर्मचारी प्रशासन नै आजको आवश्यकता हो : कर्मचारी सङ्गठन

लोकपथ
42
Shares

काठमाडौं । सङ्गठनको कुनै पनि हैसियतमा नरहेका व्यक्तिहरुले अनधिकृतरूपमा हल्ला गरेको भन्दै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले आपत्ति प्रकट गरेको छ ।

सङ्गठनका अध्यक्ष हरिबहादुर रावलले सङ्गठनको हितविपरीत काम गरेपछि गत चैत १६ गते नै कारबाहीमा परेका व्यक्तिले सङ्गठनको एकता र प्रवेशको प्रचार गरेको बताए । सङ्गठनले ट्रेड युनियनको मूल्य र मान्यताविपरीत गएर पद र सङ्ख्याको हल्ला गरेको, जिम्मेवारीमा नै नरहेकाले त्यस्तो प्रचार गराउनुको कुनै तुकसमेत नभएको अध्यक्ष रावलले जानकारी दिए ।

सङ्गठनको जिम्मेवारी र पदीय आचरणविपरीत काम गरेको भन्दै उपाध्यक्ष अम्बिका धमला र प्रभातप्रसाद साहसहितलाई गत चैत १६ गते नै कारबाही गरिएको अध्यक्ष रावलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक प्रशासनमा रहेको अर्थवादी टे«ड युनियन प्रवृत्तिलाई विस्थापित गरी सामाजिक चेतनायुक्त आजको समस्या समाधान गर्ने कर्मचारी एवं सेवामैत्री कर्मचारी प्रशासन नै आजको प्रमुख कार्यभार रहेको उनको भनाइ छ ।

“हाम्रो सङ्गठनसँग असम्बन्धित व्यक्तिको नाम जोडेर भ्रम सिर्जना गर्ने काम कोही कसैबाट पनि नहोस्”, अध्यक्ष रावलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?