१. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ३ सय ५८ परिक्षणमा थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार २३४ जना संक्रमण मुक्त, १६ जनाको मृत्यु
२. एमाले अध्यक्ष ओलीले दिए सत्तारुढ दलहरुलाई फ्रिजबाट निकालिएका आइसका डल्लाको संज्ञा, १४ महिनापछि सत्ता गठबन्धनमा रहेका दलहरु आफै हराउने टिप्पणी
३. सत्ता गठबन्धन दल जसपाले संविधान दिवसमा भाग नलिने, संविधानका विभेदकारी व्यवस्था तथा त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि देशैभरिबाट ‘संविधान संशोधनको आवश्यकता रहेको उद्घोष
४. गठबन्धनका केही दलहरुबीच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिला भएको कांग्रेस नेता सिंहको भनाइ, सरकारले छिटै पुर्णता पाउनेमा विश्वस्त
५. एमसीसी सम्झौता पारित गर्न प्रतिपक्षको साथ किन चाहियो ? भन्दै नेकपा (एमाले) प्रवक्ता ज्ञवालीले गरे सरकारलाई प्रश्न, प्रतिपक्ष विना नै एमसिसी पनि पारित गरेर देखाउन चुनौती
६. काठमाडौंमा भेरोसेलको पहिलो डोज लगाएकालाई असोज ४ गते देखी ६ गतेसम्म दोस्रो डोज लगाइदै, १ सय ४५ खोप केन्द्रबाट दोस्रो डोज लगाउन सकिने
७. युद्धबाट भाग्नेहरुलाई फेरि कमान्डर बनाउन नसकिने नेकपा एकीकृत समाजवादीकी नेतृ झाँक्रीको भनाइ, एमालेमा फर्किएका नेतालाई दिइन् भगौडाको संज्ञा
८. जनताको चाहना र राष्ट्रको आवश्यकताभन्दा ठूलो अरू केही नहुने सभामुख सापकोटाको भनाइ, आफूले कानुनभन्दा बाहिर गएर कुनै पनि निर्णय नगर्ने स्पस्टोक्ती
९. बञ्चरेडाँडामा ल्यान्डफिल साइट तयारभएसँगै फोहोर लैजाने तयारीमा महानगर, सबै संरचनाहर अझै नबनेको भन्दै स्थानीयले जनाए आपत्ति
१०. संखुवासभामा भएको ६ जनाको सामुहिक हत्याकाण्डमा अर्को मोड, मृतक रञ्जनाको मोबाइल हत्यारा लोकबहादुरको भाइसँग भेटिएपछि अनुसन्धान गर्न प्रदेश १ को प्रहरी टोली घटनास्थलमा
११. जापानमा शक्तीशाली आँधीमा परी ५ जना घाइते, ४९ उडान रद्ध, नागासाकी, फुकुओकार सागा लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
१२. भारतमा पछिल्लो २४ घण्टामा थपिए ३५ हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित, कूल संक्रमितको संख्या ३ करोड ३४ लाख १७ हजार नाघ्यो
१३. २ हजार ८०० विन्दुमा झर्यो साताको शेयर बजार, ३८ अर्ब ३१ करोडको कारोबार
१४. नेपाल क्रिकेट संघ क्यान द्वारा ७ प्रदेशका लागि १० प्रदेश प्रशिक्षक नियुक्त, बागमतीमा संजय महर्जन र गण्डकी प्रदेशमा रिजन प्रजुले पाए जिम्मेवारी
१५. एएफसी महिला एसियन कप९२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २९१ गोल अन्तरले पराजित, बलियो टिम फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा व्यहोर्यो हार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया