विद्युतीय धरापमा परी तीनको मृत्यु

लोकपथ
196
Shares

बर्दिया । बँदेल मार्न बनाइएको विद्युतीय धरापमा पर्दा बर्दियामा एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।

शुक्रवार विद्युतिय धरापमा परी ठाकुरबाबा – ३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजू ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको बर्दिया प्रहरीले बताएको छ ।

विद्युतिय धराप बनाउने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?